क्यान्सरको गुणस्तरीय उपचार

64

झापा/ सिलगुढीकी गीता शर्मा झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराएपछि अहिले सामान्य अवस्थामा छिन् । सुरुको अवस्थामा सिलगुढीबाट राजीव गान्धी अस्पतालमा उपचारका लागि गएकी शर्मा झापामा पनि क्यान्सरको उत्कृष्ट अस्पताल छ भन्ने सुनेर झापामा उपचारका लागि आएकी छन् ।

डेढ वर्षअघि स्तन क्यान्सरपीडित उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ । राजीव गान्धी अस्पतालमा भारु २५ लाख खर्च हुने भएपछि सस्तो उपचारको खोजी गर्दै उनी झापा विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल आइपुगेकी हुन् ।

क्यान्सर रोगी उनले सिलगुढीमा अधिकांश नेपाली बस्ती भएकाले पनि झापा आएर उपचार गर्न सहज भएको सुनाईन् । भाषा मिल्ने, सस्तो उपचार, सेवा–सुविधा राम्रो लागेपछि पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराएको उनको भनाई छ ।

झापामा आँखा उपचारका लागि भारतबाट धेरै मानिस आउँछन् भन्ने सुनेकी थिएँ त, शर्माले थपिन्, “आफूलाई क्यान्सर भएपछि पूर्वाञ्चल अस्पताल आउँदा अस्पतालजस्तो लागेन ।” पाँचतारे होटलमा आएको अनुभव सुनाएकी उले क्यान्सरको उपचार गर्न आउँदा पर्यटकीय स्थल घुम्न आएकी हुँ कि जस्तो लागेको जनाएको आजको गोरखापत्र दैनिकले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here