आज सुनको मूल्य ५०० का दरले वृद्धि

75

काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य पुनः उकालो लागेको छ। अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा रु ५०० ले वृद्धि भएको हो।

मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा रु ८६ हजार १०० मूल्य निर्धारण भएको छ। छापावाला सुन तोलामा शुक्रबार रु ८५ हजार ६०० मा कारोवार भएको थियो।

 यस्तै तेजाबी सुन पनि तोलामा रु ५०० ले नै उकालो लागेको छ। तोलामा रु ८५ हजार १५० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने रु ८५ हजार ६५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।  यसका साथै  चाँदीको मूल्य भने आज स्थिर छ। चाँदी तोलामा रु एक हजार २५० मा कारोवार हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here