बार्सिलोनाको सहज जित

160

एजेन्सी ।  क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा ओसासुनाविरुद्ध सहज जित हासिल गरेको छ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई उसकै मैदानमा २–० ले पराजित गरेको हो। बार्सिलोनाको जितमा जोर्डी अल्वा र इलाइक्स मोरिावाले गोल गरे। पहिलो हाफमा १–० को अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा १ गोल थप्यो। दुवै गोलमा कप्तान लियोनल मेस्सीले पास मिलाएका थिए।

बार्सिलोनाले खेलको ३०औं मिनेटमा जोडी अल्वाको गोलबाट सुरुवाती अग्रता बनाएको थियो। कप्तान लियोनल मेस्सीको पासमा उनले गोल गरेका थिए। ८३औं मिनेटमा इलाइक्स मोरिवाले मेस्सीकै पासमा गोल गरे।

याे जितसँगै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दूरी २ मा छोट्याएको छ। तेस्रो स्थानको रियल म्याड्रिडलाई ३ अंकले पछि पारेको छ। दोस्रो स्थानमा रहेको बार्सिलोनाको २६ खेलबाट ५६ अंक छ।

हिजाे राति भएको अर्को खेलमा रियल भल्लाडोलिडले गेटाफेलाई २–१ ले हरायो। अन्य खेलमा एल्चेले सेभिल्लालाई २–१ ले हराउँदा काडिजले इबरलाई १–० ले पाखा लगाएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here