प्रभु बैंकद्वारा मन्दिर गुठी व्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण

137

काठमाडौं  । पोखराको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई प्रभु बैंकले क्यूआर कोड हस्तान्तरण गरेको छ । संकलित भेटी तथा दक्षिणालाई डिजिटल पविधि मार्फत व्यवस्थापन गर्न क्यूआर कोड हस्तान्तरण गरेको बैंकले जनाएको  छ ।

बैंकको अनुसार यो सुविधासँगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत भेटी तथा दान दिन सक्नेछन् । बैंकले नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगद रहित कारोवारलाई बढावा दिने उद्देश्यले सो सेवाको सुरुआत गरेको हो ।

शुक्रबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले क्यूआर कोड हस्तान्तर गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here