दुई हजार ८ सय सात सुरक्षाकर्मीलाई शहिद घोषणा

232

काठमाडौं / सरकारले द्वन्द्व कालमा मारिएका दुई हजार आठ सय सात सुरक्षाकर्मीलाई शहिद घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सशस्त्र प्रहरी बलको १८ औं वार्षिकोत्सव समारोहलाई सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा सम्बोधन गर्दै २८०७ जनालाई सहिद घोषणा गरेका हुन् ।

ओलीले राज्यले सबैलाई समान व्यवहार गर्ने जनाउँदै देशका लागि ज्यान दिनेहरुका परिवारमा जुन असमानता थियो त्यो असमानता सोमबारको क्याबिनेटको निर्णयसँगै हटेको जनाए ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीका ३१८ जना, नेपाली सेनाका १ हजार १८ जना, नेपाल प्रहरीका १४ सय ४८ जना र राष्ट्रिय अनुसन्धान विभागका २३ जना अमर प्रहरीलाई सहिद घोषणा गरेको हो ।

समारोहमा गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरीको सीमावर्ती जिल्लाका गणहरुको स्तरवृद्धि गर्दै बोर्डर वाउटपोस्टको संस्था बढाइने जानकारी दिए । यस्तै १७ जिल्लामा रहेका अस्थायी गणलाईस्थायी गरिने पनि उनले जनाए ।

वार्षिकोत्सवको अवसरमा पूर्वआईजीपी दुर्जकुमार राई र पूर्वएआईजी रोहित थापालाई एपीएफ लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरियो । यस्तै कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई पनि सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here