मलेसियामा दुई हजार नेपाली श्रमिक आन्दोलित

89

काठमाडौं / तीन महिनादेखि तलब नपाएपछि मलेसियामा कार्यरत झन्डै दुई हजार नेपाली श्रमिक हड्तालमा उत्रिएका छन्।

सोमबारदेखि मलेसियाको डब्लूआरपी कम्पनीले एक महिनाको मात्रै तलब दिने जनाएपछि उनीहरु रोकिएको पुरा तलबको माग गर्दै हड्तालमा उत्रिएका हुन् ।

‘हामीले मंगलबार पनि बिहानदेखि नै काम रोकेर बसेका छौँ । तोडफोड नहोस् भनेर प्रहरीले हामीलाई घेरा हालेर राखेको छ’, खोटाङका ललित घलानले भने,‘नियमीत तलब नपाउँदा हामीलाई निकै समस्या भइरहेको छ ।’

डब्लूआरपी कम्पनीले हातमा लगाउने ग्लोब उत्पादन गर्छ । उत्पादिन ग्लोब अन्तर्राष्ट्रिय बजारमा जाने गरेको छ । श्रमिकले तलब नदिएर खानाको लागि टोकन कार्ड मात्रै उपलब्ध गराउदै आएको जनाए ।

नेपाली जनप्रगतिशील मञ्चका पूर्व महासचिव अर्जुन सुवेदीले हड्तालमा उत्रिएका श्रमिकहरु कम्पनी परिसरमै रहेको जनाउदै श्रमिक र दूतावासबिच समन्वय गरिरहेको जनाए । दूतावासले आवश्यकता अनुसार श्रम विभागसँग समेत समन्वय गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here