श्रमिक महिला आफ्ना हक अधिकार प्राप्तिको आन्दोलनमा संघर्षरत

55

काठमाडौं । सर्वोच्चद्वारा आइतबार खारेज गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पार्टी एकता अभियानका संयोजक बामदेव गौतमले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

दिवसको अवसरमा सोमबार विज्ञप्ती जारी गर्दै नेता गौतमले निर्णय तहमा समान अधिकारसहित विभेद अन्त्यको कामना गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, “श्रमिक महिला आफ्ना हक अधिकार प्राप्तिको आन्दोलनमा संघर्षरत छन् ।

अहिले पनि पुरातन अवस्थाको समान कामको समान ज्याला कायम गर्न र विभेदरहित सामाजिक संरचना निर्माण गर्ने कार्यभार बाँकी छ ।” सन् १८८९ मार्च ८ मा अमेरिकाको सिकागो शहरमा भएको मजदुर विद्रोह आज १११ औं वर्षमा प्रवेश गरेको छ ।

पुँजीवादी व्यवस्थामा शोषण उत्पीडनका स्वरुपमा धेरै परिवर्तन भए पनि शोषण, दमन, उत्पीडन र विभेदसँगै महिला हिंसा बाँकी नै रहेकाले त्यसको अन्त्य आवश्यक रहेको नेता गौतमले चर्चा गर्नुभएको छ । “विश्वभरका महिलाले मनाइरहेको १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा ऐक्यबद्धता प्रकट गर्दै स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु” नेता गौतमले विज्ञप्तिमा उल्लेख गर्नुभएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here