अबदेखि छातीभन्दा तलको लुगामा राष्ट्रिय झण्डा चिह्न राख्न नपाइने

107
Nepal national flag. Patriotic symbol in official country colors. Illustration of Asian state flag. Vector icon

काठमाडाैं ।  शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि कपडामा राष्ट्रिय झण्डाको प्रतीक र चित्र राख्न निषेध गर्नुपर्ने प्रस्ताव गरिएको छ।

राष्ट्रिय सभामा आइतबार टेबल भएको राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको गैरसरकारी विधेयकमा उक्त व्यवस्था गरिएको हो।

व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतिक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भाग बाहेक अन्यत्र लगाउन नमिल्ने प्रावधान राखिएको छ।

व्यापारिक प्रयोजन वा विज्ञापनमा राष्ट्रिय झण्डा प्रयोग गर्न रोक लगाइने भएको छ।

यसैगरी झण्डा च्यात्न, जलाउन, फ्याँक्न वा पोको पार्न पनि रोक लगाइएको छ। राष्ट्रिय झण्डालाई उल्टो राख्ने वा अपमान हुने किसिमको काम गर्न समेत रोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here