भारत-चीनबीच तकरार हुँदा पनि व्यापार बढ्दै

120

काठमाडौं । भारत र चीनबीच तकरार हुँदा पनि व्यापार बढ्दै गएको देखिएको छ ।

हालै मात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका स्ट्याचु अफ इक्विलिटी नाम दिइएको वैष्णव सन्त रामानुजाचार्या स्वामीको प्रतिमा पनि चीनबाट बनेर आएको हो ।

यी दुई देशको सीमामा तनाव पनि छ र व्यापार पनि छ ।भारतको सबै भन्दा ठूलो व्यापार साझेदार चीन हो । दुई बीचको कारोबार ९३ खर्ब भारुको भएको छ ।

भारत र चीनबीच लद्दाख सीमामा झड़प भइ उत्पन्न गम्भीर तनावका बाबजुद सन् २०२१मा चीन भारतको सबै भन्दा ठूलो व्यापारिक साझेदार बनिरहेको छ । गत आर्थिक वर्षमा पनि चीन भारतको सबै भन्दा ठूलो व्यापारिक साझेदार थियो । ९३खर्ब भारु बराबरको कारोबार आफैमा एक रेकर्ड हो ।

यस अन्तर्गत भारतले चीनबाट ७२ खर्ब भारुको आयात गरेको हो । भारतले २० खर्ब भारु बराबरको निर्यात मात्र गरेको छ । भारतले चीनबाट हुने लगानीमा रोक लगाइदिएकाले चिनियाँ लगानीमा कमी मात्र भएको हो । आत्मनिर्भरता अभियानले चीनमाथिको निर्भरता भने कम नभएको देखिएको छ ।

यसका कारण अलिबाबा र टेनसेन्ट जस्ता ठूला कम्पनीको भारतमा हुने लगानी रोकिए । भारत सरकारले दुई सय भन्दा बढी चिनियाँ एपहरूमा बन्देज लगाइ दिएको थियो । यसमा टिकटक,वीच्याटर भिभो पनि सामेल गरिएका थिए । फाइभजीको परीक्षणमा चिनियाँ कम्पनीलाई भारतले बाहिर राखेको थियो । चिनियाँ कम्पनीहरूमाथि कारबाही पनि गरेको देखिएको छ । तर पनि चिनियाँ पैठारी निरन्तर बढ्दै गएको छ । भारतमा चिनियाँ आयात बढिरहेका वस्तुहरूमा इलेक्ट्रिकल र इलेक्ट्रोनिक सामान मसिनरी, रसायन, औषधिका सामान, गाडीका सामान, चिकित्सासम्बन्धी उपकरण रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here