झापा – बिर्तामोड–१ स्थित पञ्चकन्यामा रु ३८ लाखका लागतमा २७ फिटको शिवको प्रतिमा निर्माण गरिएको छ । प्रदेश नं १ कै सबैभन्दा ठूलो र आकर्षक शिव प्रतिमाको महाशिवरात्रिका अवसरमा यही फागुन २७ गते अनावरण गरिने छ ।
प्रतिमाको भित्री भाग फलामे फ्रेमबाट बनेको र आवरणमा फाइबर प्रयोग गरिएको छ । प्रतिमासँगै निर्माण समितिले पूर्वपश्चिम राजमार्गसँग जोडेर प्रवेशद्वार पनि बनाएको छ । रासस


















