काठमाडौंको प्रदर्शनीमार्गमा सेनाको प्याराग्लाइडिङ पद्मोदयमा दुर्घटना

171
काठमाडौं । सेना दिवसका लागी सैन्य अभ्यासको तयारी गर्ने क्रममा काठमाडौंको प्रदर्शनीमार्गमा सेनाको प्याराग्लाईडिङ दुर्घटना भएकाे समाचार प्राप्त छ ।
सैन्य अभ्यासका क्रममाा ३ वटा प्याराग्लाईडिङ ल्याण्ड हुनुपर्ने बिन्दुभन्दा बहिर खस्दा खसेको हो । प्याराग्लाइडिङमा सवार तिनजना सैनिकलाई नेपाली सेनाको एम्बुलेन्स मार्फत अस्पताल पठाइएको छ ।

तीन जना सैनिकको अवस्था सामान्य रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

हावाको गतिका कारण टुँडीखेलमा ल्याण्ड हुनुपर्ने प्याराग्लाइडिङ फरक ठाउँमा ठाउँमा ल्याण्ड भएको बताइएको छ ।
सेना दिवसको दिन सैनिक कला देखाउनका लागि नेपाली सेनाले टुँडीखेलमा अभ्यास गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here