सरकारले महासचिव विप्लवको सुरक्षामा १० प्रहरी खटाइए

201

काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सुरक्षामा १० जना प्रहरी खटाएको छ। इन्सपेक्टरको कमाण्डमा १० जना प्रहरी खटाइएको जानकारी प्राप्त भएको छ ।

वार्ताबाट शान्तिपूर्ण राजनीतिमा आएका विप्लवको सुरक्षा व्यवस्था मिलाउनु भनेर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट निर्देशन आएसँगै १० जना प्रहरी खटाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जनाएका छन् । काठमाडौंको हकमा आफू मातहतका प्रहरी खटिने र त्यो भन्दा बाहिरी जिल्लाको हकमा हेडक्वाटरले नै सुरक्षा व्यवस्था मिलाएको एसएसपी सिंहले जनाए।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई विप्लवको सुरक्षा व्यवस्था मिलाउनु भनेपछि प्रशासनले काठमाडौं प्रहरीलाई निर्देशन दिएको हो । त्यसपछि इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली खटाइएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here