अमेरिकामा भूमरीमा परी २६ जनाकाे ज्यान गयाे

40

एजेन्सी । अमेरिकामा शुक्रबार आएको एउटा भूमरीमा परी मिसिसिपी राज्यको एउटा सानो सहर नै तहसनहस भएको छ।

द न्युयोर्क टाइम्सका अनुसार मिसिसिपी र अलाबामा राज्यमा आएको उक्त भूमरीमा परी कम्तीमा २६ जना मानिसले ज्यान गुमाएका छन् भने दर्जनौं घाइते भएका छन्।

शक्तिशाली भूमरीको सबैभन्दा धेरै प्रभाव मिसिसिपी राज्यको रोलिङ फर्कमा परेको छ। झन्डै २ हजार मानिस बस्ने उक्त सहरमा घरहरू भत्किएर माटोमा मिसिएका छन् भने रूखहरू जरैसँगै उखेलिएका छन्। दशकौंदेखि त्यहाँ बस्दै आएका बासिन्दाहरू घरबारविहीन भएका छन्।

मिसिसिपीका गभर्नरले राज्यमा आपतकालको घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले भूमरी पीडितलाई संघीय सरकारले चाहिने जति सबै सहयोग गर्ने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here