काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बसिरहेको छ ।
बैठक सुरु भएलगत्तै सांसद अशोक राईले कोशी प्रदेशमा पहिचानको नाममा भइरहेको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
आन्दोलनमा जनता मारिनुपर्ने स्थितिको अन्त्य हुनुपर्ने भन्दै उनले कोशी प्रदेशमा भइरहेको आन्दोलनको माग सम्बोधन गर्न माग गरे ।


















