बैठकमा सात वटा अध्यादेश पेस गर्ने कार्यसूची रहे पनि दलहरुबीच विवाद नमिलेपछि प्रतिनिधि सभा सदस्य र पूर्व सदस्यको निधनमा प्रस्तुत शोक प्रस्ताव पारित गरेर सकिएको हो ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका दुई जना बहालवाला सदस्य सानु सिवा र सूर्यबहादुर केसी तथा १२ जना पूर्व–सदस्यको निधनमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए । आजको बैठक शोक प्रस्ताव पारित गरेर चैत तीन गते मंगलबारसम्मका लागि स्थगित भएको छ ।


















