काठमाडौं – ललितपुरकाे गोदावारी नगरपालिका-५ लेले खत्रीगाउँस्थित सडकमा बा.२ च ५९४९ नम्बरको पजेरो गाडी सडकबाट करिब ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा बर्दिया जमुनी-१ घर भएका २८ वर्षीय रबि सुनारको मृत्यु भएको छ । दुर्घटनामा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका पजेरो चालक समेत २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ । यसका साथै सप्तरीकाे अग्निसाईर कृष्णासावरण गाउँपालिका-१ जन्डोलस्थित सडकमा प्रदेश ३-०१- ०२४ च ४२६९ नम्बरको पिकपको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-१ जन्डोल सिमराटोल बस्ने २८ वर्षीय दिपक चौधरीको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
पिकप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















