शिवरात्रिको अवसरमा रक्तदान

96
काठमाडौं / नेपाल मानव धर्म सेवा समितिले महाशिवरात्रिको अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ।

काठमाडौंको गौशालामा रहेको आश्रममा समितिले बिहीबार बिहान १० बजे रक्तदान कार्यक्रम राखेको हो।

समितिका अनुसार २ सय जनाभन्दा बढीको उपस्थिति हुने अनुमान छ। इच्छुक रक्तदाताले ९८५१२०२२६५ नम्बरमा सम्पर्क गर्न समितिले आग्रह गरेको छ।

समितिले देशैभर धार्मिक ज्ञान प्रचारप्रसारका अतिरिक्त सामाजिक कार्यहरु पनि गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here