देसैभर समानान्तर कमिटी बनाउदै माधव समूह

143

काठमाडौं । नेकपा एमालेको माधव नेपालपक्षीय स्थायी कमिटी बैठकले  केपी अाेली समूूहकाे  बैठकले गरेका निर्णयहरुलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

साथै समानान्तर कमिटी बनाएर अघि बढ्ने निस्कर्ष बैठकले निकालेको छ । ओलीले बोलाएको केन्द्रीय समितिको विशेष बैठकले पार्टीमा नेताहरुको जिम्मेवारी हेरफेर गर्नुका साथ पूर्वमाआवादीका २३ नेतालाई केन्द्रीय समितिमा मनोनित गरेको थियो । उक्त निर्णयलगत्तै बसेको नेपाल समूहको बैठकले त्यसलाई अस्वीकार गर्ने निर्णय गरेकाे हाे । साथै शनिबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएर थप छलफल गर्ने समझदारी पनि भएको छ । राजधानीबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here