एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध जंगल, मैदान र समुद्री तटबाट आक्रमण जारी राख्ने बताएका छन् ।
बेलायतको तल्लो सदन (हाउस अफ कमन्स)मा सम्बोधन गर्दै जेलेन्स्कीले सो कुरा बताएका हुन् ।
युक्रेनका राष्ट्रपति जेलेन्सीकले युक्रेनको आकाशमा नो फ्लाई जोन घोषणा गर्नुपर्ने आफ्नो पुरानै मागलाई दोहोर्याएका थिए । तर यो माग नेटो सैनिकले हालससम्म मानिरहेको छैन ।
















