स्थायी समिति बैठकले माओवादी केन्द्र तर्फका संघीय मन्त्रीहरूलाई फिर्ता बोलायाे

190

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठकले माओवादी केन्द्र तर्फका संघीय मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेकाे छ ।

नेकपा एमालेको कमिटीमा राखिएका गृहमन्त्री रामबहादुर थापासहित संघीय तथा प्रदेश सांसदहरूलाई २४ घण्टा भित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने निर्णय गरेकाे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकाेटाले जानकारी दिनुभयाे ।

यस्तै, २०७७ चैत्र २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सुचना नआएसम्मका लागि स्थगित भएको छ भने चैत्र १ गते हुने केन्द्रीय समितिको बैठक भने यथावत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here