विस्फोटमा घाइते भएका मालपोत कार्यालय लहानका नायब सुब्बा शिवकुमार यादव र अर्का एकजना (सेवाग्राही) लाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको सिरहाका डीएसपी तपन दाहालले जनाए ।
“घाइते दुईजनालाई हेलिकोप्टरबाट थप उपचार लागि काठमाडौं पठाउँदै छौं,” उनले भने, “अहिलेसम्मको जानकारी अनुसार दुईजना सिकिस्त रहेका छन् । हेलिकप्टर मगाएका छौं । आउनेबित्तिकै पठाउँछौं ।” घाइते यादवसहित सातजना घाइतेको उपचार लहान अस्पतालमा भइरहेको जानकारी प्राप्त भएकाे छ ।


















