शिवरात्रीमा पशुपतिमा आएका साधुको विदाई

79

काठमाण्डौ । महाशिवरात्रीमा पशुपतिनाथ मन्दिर परिसरमा देखिने रमाइलो दृश्य हो साधु सन्तहरुको गतिविधि । आफूलाई शिव भगवान नै ठान्ने उनीहरु उनै शिव भगवानको रुपमा देखिने प्रयास गर्दछन् । पशुपति क्षेत्र विकास कोषले पनि साधु सन्तहरुलाई महत्व दिने गरेको छ । महाशिवरात्रीका लागि पशुपति पुगेका साधु सन्तहरुलाई खान बस्नदेखि फर्किदा बाटो खर्चसमेत कोषले दिने गर्दछ ।

यस वर्षको महाशिवरात्रीमा पशुपति दर्शनका लागि आएका साधु सन्तलाई शनिवार विदाई गरिएको छ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले साधु सन्तहरुको श्रेणी अनुसार भेटी तथा बाटो खर्च दिएर सामूहिक विदाई गरेका हुन् । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले ४ हजारभन्दा बढी साधुसन्तहरुको विदाई गरिएको जानकारी दिए । विभिन्न श्रेणीअनुसार १ हजारदेखि २४ हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाई गरिएको उनले बताए ।

साधु सन्तहरुले भने आफूलाई कम पैसा दिएर अपमान गरिएको आरोप लगाएका छन् । उनीहरुले बाटो खर्चका लागि दिइने रकम अघिल्लो वर्षभन्दा घटाइएको गुनासो गरेका हुन् । केहीबाबाहरु भने कोरोनाको कारण पनि यतिको दक्षिना दिएकोका खुशि व्यक्त गरेका छन् ।

यस वर्ष महाशिवरात्रीका लागि नेपालका विभिन्न स्थान र भारतबाट गरी करिब ४ हजार साधु सन्तहरु पशुपतिनाथ पुगेका थिए । अघिल्लो वर्ष ७ हजार आएकोमा यसपटक कोरोना संक्रमणको जोखिमका कारण कम आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here