काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले कुनै पनि हालतमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ताको लागि सहकार्य नगर्ने घोषणा गरेका छन् । उनले ओली सरकार जसरी पनि ढाल्ने उद्घोष गरेका छन् । शनिवार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो जनाएका हुन् ।
तर, अन्य राजनीतिक सहमतिबारे भने कुनै छलफल नगरेको उनको जिकिर छ । उनले ओलीलाई प्रतिगमनको वाहकको संज्ञा दिए । उनले ओलीको बहिर्गमन नै देशको हितमा हुने तर्क गरे । उनले आफ्नो पार्टीको लाईन भनेको नै ओलीलाई सत्ताबाट हटाउने रहेको सुनाए । र, आफ्ना पार्टीका नेताहरुले सार्वजनिक रुपमै प्रधानमन्त्री ओली वा उनी नेतृत्वको नेकपा (एमाले) सँग कुनैपनि किसिमको राजनीतिक सहकार्यको सम्भावना नरहेको भनेर बोलिसकेको यादवले स्पष्ट पारेका हुन् ।
हेरौं कुराकानीको पूरा भिडिओ :


















