काठमाडौं । आज प्रधानसेनापति पूर्णचन्द्र थापाले मित्रराष्ट्र पाकिस्तानका नवनियुक्त राजदूत H.E. Mr.Syed Haider Shah संग जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।
प्रधानसेनापति थापाको कार्यकक्षमा भएको सो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।


















