काठमाडौं। हिजोदेखि जारी माओवादी केन्द्र केन्द्रीय समिति बैठक स्थगित भएको छ । बैठक केही दिनका लागि स्थगित भएको हो । बैठकमा २० जना नेताहरुले बोलेका छन् ।
सरकार निर्माणबारे अन्य दलहरुसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने पार्टी प्रवक्ता नारायणकाजि श्रेष्ठले जनाएका छन् ।