अवतार बन्याे पुनः इतिहासमै सबभन्दा धेरै कमाइ चलचित्र

139

एजेन्सी  । हलिउडको ब्लकबस्टर फिल्म अवतार पुनः इतिहासमै सबभन्दा धेरै कमाइ गर्ने चलचित्र बनेको छ । चीनमा फिल्म पुनः रिलीज गरिएपछि यो उपलब्धि हासिल गर्न सफल भएकाे थियाे ।

सन् २००९ मा आएको फिल्म एक दशकसम्म बक्स अफिसमा राज गरिरहेको थियो भने सन् २०१९ मा मार्भलको एभेन्जर्स : एन्डगेमले उसलाई उछिनेको थियो ।तर संसारको सबभन्दा ठूलो बजार चीनमा अवतार पुनः रिलीज गरिएपछि यसले २.८ अर्ब डलरभन्दा बढी कमायो ।

कोरोना महामारीका कारण लगाइएको लकडाउनपछि अन्य देशको तुलनामा चीनमा फिल्म प्रदर्शन जोडतोडका साथ भइरहेको छ ।

निर्देशक जेम्स क्यामरनको अवतारले शुक्रवार मात्र ४० लाख डलर कमाएपछि एन्डगेमभन्दा अगाडि बढेको वितरक वाल्ट डिज्नेले जनायाे ।

सन् २०१९ मा फक्स किनेपछि डिज्नेले नै यी दुई फिल्मको स्वामित्व पाएको छ । उसैको स्वामित्वमा टाइटानिक फिल्म पनि छ र सर्वाधिक कमाइ गर्ने फिल्महरूको सूचीमा त्यो तेस्रो स्थानमा छ । क्यामरनले अवतारका चारवटा सिक्वेलमा काम गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here