सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि

74

काठमाडाैं । बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि भएको छ । मंगलबार तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै तेजाबी सुन तोलामा ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।  यस्तै चाँदीको मूल्य भने बुधबार रु १० घटेर तोलामा १२७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य तोलामा १२८० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here