काठमाडौं । नेपालमा कोरोना भाइरसका आज १ सय ७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ५२ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ६१० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १५ पुगेको छ ।


















