म्याग्दी। मालिका गाउँपालिका–२ रुम लुक्सिरका १६ वर्षीय केशव विक दैनिक ज्यालामजदुरीमा व्यस्त छन्। छिमेकी गाउँ निस्कोटमा आमा समूहको निर्माणाधीन भवनमा बुबा रनबहादुरसँगै काम गरिरहेका विक हातमा पुस्तक समातेर कक्षा ११ मा पढ्न जानुपर्ने समयमा सिकर्मीको परिचय बोकेर दैनिकजसो घर बनाउने काममा लागेका छन्। गत वर्षको एसइईमा विद्यालयबाट सबैभन्दा उत्कृष्ट नतिजा ‘बिप्लस’ ल्याएका विकले उच्च शिक्षा पढ्ने रहर भए पनि चरम गरिबीका कारण आफू पढ्नबाट वञ्चित भएको जनाए ।
रनबहादुरले छोरालाई सहर पठाउने पैसा नहुँदा ज्यालामजदुरीका लागि सँगै लैजाने गरेको जनाए । नागरिक दैनिकबाट


















