वैशाखमा कोरोना भाइरसविरुद्ध दोस्रो डोज दिने

90

काठमाडौं – कोरोना भाइरसविरुद्ध पहिलो चरणमा कोभिसिल्ड खोप लगाएकालाई वैशाखमा दोस्रो डोज दिइने भएको छ। वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बुधबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले पहिलो चरणको खोप लिएका सबै नागरिकलाई दोस्रो डोज दिने निर्णय गरेको हो।

पहिलो चरणको अभियान माघ १४ देखि फागुन १० गतेसम्म ४ लाखभन्दा बढीले पहिलो डोज खोप लगाएको मन्त्रालयले जनाएको छ। लक्षित समूहको झन्डै ८५ प्रतिशतले खोप लगाएका हुन्।दोस्रो चरणअन्तर्गत फागुन २३ देखि चैत ३ गतेसम्म पहिलो डोज लगाएका नागरिकलाई सूचनापछि प्रकाशन गरिने भएको छ।

सरकारले ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउने कार्यक्रम स्थगन गरेको छ। थप खोप प्राप्त हुनासाथ निरन्तरता दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए। खरिद र अनुदान गरी २३ लाख ४८ हजार डोज खोप आएको छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here