काठमाडौं। मेलम्चीको पानीले तिर्खा मेट्ने काठमाडौंवासीको चाहना यही महिना पूरा हुँदै छ। सिन्धुपाल्चोकको अम्बाथानबाट सुन्दरीजलसम्म साढे २६ किलोमिटर सुरुङ परीक्षण भइसकेको छ। सुन्दरीजलमा १७ करोड लिटर क्षमताका दुई ठूला प्रशोधन केन्द्र छन्।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिका अनुसार प्रशोधित पानी १० ठाउँमा रहेका पानीट्यांकीमा आउनेछ।


















