काठमाडौँ- नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान वल नियुक्त भएका छन् ।
लामो समय कान्तिपुर पब्लिकेसनमा कार्यरत वललाई खुला प्रतिस्पर्धामार्तफ सरकारले महाप्रबन्धक नियुक्त गरेको हो। उनी चार वर्षका लागि नियुक्त भएका हुन्।
वल पत्रकारिताबाहेक साहित्य र चलचित्र निर्देशनमा समेत सक्रिय छन् ।
गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले महाप्रबन्धकमा दरखास्त आह्वान गरेको थियो ।

















