ललितपुर । अमेरिकी सेनामा कार्यरत भरत सिंह पेलाद्धारा श्री श्रमिक शान्ति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विहिबार विभिन्न क्षेत्रमा सहयोग प्रदान गरेका छन् ।
विद्यालय व्यवस्थापन सदस्य राजु व्यञ्जनकारको प्रमुख आतिथिमा, प्र.अ सानुलाल व्यञ्जनकार, स.प्र.अ पवन विक्रम कार्की तथा शिक्षक प्रतिनिधि उद्धव प्रसाद तिमल्सिनाको उपस्थितिमा अनाथ, असहाय एवम् आर्थिक स्थिति नाजुक रहेका जेहेन्दार मिहेनती छात्रछात्रा छनौट गरि कक्षा १ देखि कक्षा ८ सम्मका कुल २५ जनालाइ एक एक सेट स्कुल ड्रेस तथा करिव एक वर्षको लागि स्टेसनरी सामग्री प्रदान गरिएको थियो ।
आर्थिक स्थिति एकदमै कमजोर भएर ८ कक्षा छोड्न लागेका छात्रा खुस्बु यादवलाइ एक वर्षको शुल्क मिनाहा सहित गरि जम्मा २६ जना छात्र छात्रालाइ शैक्षिक सामग्री वितरण गरिएको थियो ।
आजका बालबालिका भविष्यका कर्णधार भएकाले देशका कोहीपनि बालबालिकाहरू शिक्षाबाट बन्चित नहोस् भन्ने हेतुले सक्दो आर्थिक सहयोग गरेकाे अमेरिकी सेनामा कार्यरत भरत सिंह पेलाले जनाउनु भयो ।