चीर ठड्याएसँगै होली पर्व शुरू

180

काठमाडाैं ।  देशकाे राजधानी बसन्तपुरमा  चीर ठड्याएसँगै  काठमाडौं उपत्यका लगायत औपचारिक रुपमा होली पर्व आजदेखि शुरू भएकाे छ ।

प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिनदेखि सुरु हुने फागु पर्व वसन्तपुर अगाडि विधिवत रुपमा आज चिर उठाएपछि सुरु गर्ने चलन रहेकाे छ ।

 बिहानको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर चिर उठाइएको हो। चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो।

प्राचीन समयमा प्रल्हादले शिवशक्तिको आराधना गरेपछि त्यस्तो आध्यात्मिक गतिविधि मन नपराएर उनको सुनियोजितरूपले हत्या गर्ने उद्देश्यले होलिकाले उनलाई लिएर बलिरहेको आगोमा हाम फाल्दा प्रल्हादलाई केही नभएको तर आगोले नजल्ने बरदान पाएकी होलिका आफै जलेको कथा हिन्दू धर्मशास्त्रमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here