जर्मनीमा अप्रिलभर आंशिक लकडाउन हुने

83

काठमाण्डौ । जर्मनीमा अप्रिलभर आंशिक लकडाउन गरिने भएको छ। यूरोपमा कोभिडका फरक तथा जटिल खालका विरामी भेटिने क्रम बढिरहेको भन्दै  अझै केही समय नियन्त्रणका उपायलाई थप कडा पार्ने सुझाव अधिकारीहरूले दिएका छन्।

विभिन्न क्षेत्रका राज्य सरकार प्रमुखको सुझाबको आधारमा जर्मन चान्सलर एञ्जेला मर्केलले आंशिक लकडाउनलाई केही कडा पार्दै आगामी दुई महिना नियन्त्रणका उपायलाई लागू गर्ने अनुमान अधिकारीले गरेका हुन्।

जर्मनीले गत फेब्रुअरीमा लामो समयदेखि बन्द विद्यालयलाई खुलाउने घोषणा गर्दै अन्य क्षेत्रलाई पनि क्रमशः सामान्य अवस्थामा फर्किने व्यवस्था गरेको थियो।

तेस्रो लहरको संक्रमण फैलिएपछि जर्मनीमा उद्योग तथा व्यवसाय बन्द गर्ने तयारी गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here