कांग्रेसले चैत २० गतेका लागि कार्यसमितिको बैठक बोलायाे

64

काठमाडौँ– नेपाली कांग्रेसले चैत २० गतेका लागि कार्यसमितिको बैठक बोलाएको छ।  बैठकमा पार्टीको महाधिवेशनबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले जनायाे ।

सका साथै बैठकमा समसामयिक राजनीति, सरकार गठन लगायतका विषयमा पनि बैठक कन्द्रीय हुने बताइएको छ।  कांग्रेसको क्रियाशील सदस्यता टुंग्याउने कार्यतालिका प्रभावित हुने  भएको छ।

मंगलबार चैत १० गतेसम्म क्रियाशिल सदस्यता टुंगो लागिसक्नु पर्ने भएपनि काम अझै सकिएको छैन। २० गतेको बैठकमा कार्यतालिका संशोधनबारे पनि निर्णय हुनेछ।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा हुने भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here