माधव पक्षले समानान्तर कमिटी बनायो

123

काठमाडौं– सम्पूर्ण संगठनमा समानान्तर कमिटी बनाएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले विद्यार्थीमा पनि समानान्तर कमिटी बनाएको छ ।

मंगलबार राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको नेपाल समूहले सुदेश पराजुलीको अध्यक्षतामा अनेरास्ववियूको समानान्तर कमिटी बनाएको हो।

समानान्तर अखिलको सहअध्यक्ष ओसिम आलम र महासचिव आरती लामा चयन भएका छन्। दीपेश प्रसाईलाई कोषध्यक्ष बनाइएको  कमिटीमा आठ जना उपाध्यक्ष तथा ३७ जना सचिव रहेका छन्।  माधव नेपाल समूहले यसअघि अखिल नेपाल महिला संघ र युवा संघ नेपालमा पनि समानान्तर कमिटी बनाइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here