नेपालमा १ सय ४५ जना कोरोना संक्रमित थपिए

86

काठमाडाैं- पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४५ जना कोरोना संक्रमित थपिएका समाचार प्राप्त भएकाे छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

बुधबार थपिएकासँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ जना पुगेको छ। जसमध्ये १ हजार १ सय ८२ जना सक्रिय संक्रमित छन्।

पछिल्लाे २४ घण्टामा काठमाडौंमा ५३, भक्तपुरमा २ र ललितपुरमा ८ जना गरी ६३ जनामा काेराेना पुष्टि भएकाे छ।

गत २४ घण्टामा ९० जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार १ सय ८७ जना पुगेको मन्त्रालयले जनाएको छ।

यता नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार १९ पुगेको छ। हाल ६३ जना क्वारेन्टाइनमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here