नियन्त्रित लागूऔषध सहित पक्राउ

190

तनहुँ – बन्दिपुर गाउँपालिका-५ मर्स्याङ्दी रिसोर्टबाट नियन्त्रित लागूऔषध २३ एम्पुल फेनारगन, २३ एम्पुल डाइजेपाम र २३ एम्पुल नुफिन सहित शुक्लागण्डकी नगरपालिका-९ दुलैगौडा बस्ने ३० वर्षीय तेन्जिङ चोईनीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here