एजेन्सी । संसारका विभिन्न देशमा फरक-फरक रीतिरिवाज तथा संस्कृति पाइन्छन् । कतिपय समाज तथा समुदायमा यस्ता परम्परा तथा नियमहरू पनि छन् जुन अहिलेको आधुनिक विश्वका लागि अनौठो तथा अपत्यारिलो विषय बन्न सक्दछ ।
उत्तर अमेरिकामा बस्ने अमिश समुदायका मानिसहरुमा एउटा यस्तो परम्परा छ जस अनुसार महिलाहरुलाई आफ्नै शरीरका रौं काट्ने सम्मको अनुमति छैन । उनीहरू आफ्ना हातखुट्टामा पलाएका रौंहरू समेत उखेल्न पाउँदैनन् । त्यसैले उनीहरु आफ्ना हातखुट्टामा पलाएका रौं लुकाउनका लागि लामो तथा ठूलो आकारका कपडा लगाउँछन् वा लामो मोजाहरू लगाउँछन् ।
आधुनिकताको नाममा नियम तोड्ने छुट यो समुदायका महिलालाई छैन । नियम उल्लंघन गर्ने महिलालाई घरपरिवार तथा समुदायले पनि सजाय दिन्छ ।


















