बालकलाई चुम्बन गरेको भिडियो भाइरल भएपछि दलाई लामाले माफी मागे

37

एजेन्सी । निर्वासित तिब्बती बौद्ध गुरु दलाई लामाले सामाजिक सञ्जालमा आफ्नो एक भिडियो भाइरल भएपछि माफी मागेका छन्। निर्वासित भएपछि भारतमा रहेका लामाले एक बालकलाई चुम्बन गरेको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल भएको छ।

भिडियोबारे आलोचना भएपछि लामाले माफी मागेका हुन्। भिडियोमा लामाले बालकको ओठ चुमेको देख्न सकिन्छ। त्यसपछि उनले बच्चालाई आफ्नो जिब्रो बाहिर निकालेर बालकलाई चुम्बन गर्न भनेका छन्।

आइतबार भिडियो भाइरल भएसँगै सामाजकि सञ्जालमा लामाको चर्को आलोचना भएको थियो। चौतर्फी विरोध भएपछि उनले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट बालक र बालकको परिवारसँग माफी मागेका हुन्।

दलाई लामाको तर्फबाट जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘यो भिडियो हालै भएको एक बैठकको हो। यदि उहाँको शब्दबाट बालक र उनका परिवार र संसारभर फैलिएका साथीहरुलाई चोट पुगको छ भने उहाँ माफी माग्न चाहनुहुन्छ। उहाँलाई यस घटनामाथि अफसोच छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here