काठमाडाैं । प्रभु लाइफ इन्स्योरेन्स बुधबारदेखि छैटौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाका साथ छैटौँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।
काठमाडाैं । प्रभु लाइफ इन्स्योरेन्स बुधबारदेखि छैटौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाका साथ छैटौँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।
कम्पनीले वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष पनि निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरुको उज्वल भविष्य (शिक्षा) का लागि यथासक्य योगदान गर्ने कार्यक्रममा सहयोग गरेको छ । उक्त उद्देश्य अन्तर्गत कम्पनीले कूल ८४ विद्यालय संचालन गरिरहेको गैरनाफामुलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलार्ई रु. पाँच लाख रकम सहयोग प्रदान गरेको छ ।
समता शैक्षिक गुठी अन्तर्गतको समता विद्यालय, जोरपाटीमा बुधबार एक कार्यक्रमका बीच उक्त गुठीका कार्यकारी निर्देशक दीपक संजेल, विद्यालयका प्राचार्य अजय अधिकारी (सुशील), शिक्षक शिक्षिका, विद्यार्थीहरू तथा अन्य कर्मचारीहरूको उपस्थितिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सहयोग रकम हस्तान्तरण गरे । कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने लगायत उच्च व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।



