१४ वटै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली

94

विराटनगर/ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई अपराधमुक्त र सुरक्षित बनाउन प्रदेशका १४ वटै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्न लागिएको जनाउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा पहिलो चरणमा शुुरु भएको डिजिटल प्रहरी परिचालन प्रणालीको आज शुभारम्भ गर्र्दै उहाँले छिमेकी मुलुकसँग जोडिएको सीमा क्षेत्रमा सुरक्षा व्यवस्थित बनाउन मोबाइल एप्स प्रणाली पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले विगत सात महीनामा प्रदेश सरकार आवश्यक संरचना तथा पूर्वाधार निर्माणमा लागेकाले अबको समय प्रदेशको समृद्धिमा लाग्ने जनाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here