नेपाल र चीनको सम्बन्ध नङ र मासु जस्तै छ : उपराष्ट्रपति

241

काठमाडौं/ चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीनको सम्बन्ध नङ र मासुको जस्तै भएको भन्दै इतिहास, परम्परा मूल्यमान्यताहरु तथा भूगोलले एक अर्काबाट छुट्टिनै नसक्ने गरी जोडेको जनाएका छन ।

१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा ९ औं पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई सम्बोधन गर्दै सो कुरा जनाएका हुन् ।

यस्तै उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध भएको बताउँदै नेपाल आफ्नो भूमिलाई चीनबिरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिबद्ध रहेको स्पष्ट पारे ।

मेला उद्घाटन समारोहलाई चीनका उपप्रधानमन्त्री हु छिन्हृवा, चिनियाँ कम्यूनिस्ट पार्टी ९सीपीसी०का सिचुवान प्रान्त सेक्रेटरी पेङ्ग छिङहुवा र इटालीका उपप्रधानमन्त्रीले पनि सम्बोधन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here