भारतकाे मुम्बईको अस्पतालमा आगलागी हुँदा २ जनाको मृत्यु

246

एजेन्सी- महाराष्ट्रको राजधानी मुम्बईस्थित भान्डुपको एक अस्पतालमा आगलागी भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त अस्पतालमा ७६ कोरोना संक्रमित उपचाररत थिए। र, दुईजनाको आगलागीमा परि मृत्यु भएको छ। २३ दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ। आगलागीको कारण अझै पत्ता लाग्न सकेको छैन।

अस्पतालमा उपचाररत ७० कोरोना संक्रमितलाई अनेत्र सारिएको छ। डीसीपी प्रशान्त कदमले घटनामा दुई जनाको मृत्यु भएको पुष्टि गरेका हुन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here