काठमाडौं – अन्तराष्ट्रिय मातृभाषा दिवसको अवशरमा रत्नराज्यलक्ष्मी क्याम्पसमा फागुन ११ गते आइतबार प्रथम पटक शशी देवी प्रोत्साहन पुरस्कार रितेश मल्ललाई प्रदान गरिएको छ ।
वि.सं. २०७४ सालमा स्नातक तह बी.ए. प्रथम बर्षमा नेपाल भाषामा सर्वोकृष्ट अंकका साथ सम्पूर्ण विषय उत्र्तीण भएको आधारमा पुरस्कार वितरण गरिएको थियो । साथै कार्यक्रममा विशेष अतिथिका रूपमा पाल्नु भएका नेपालभाषा शिक्षा अभियानका अध्यक्ष विष्णु चित्रकारद्धारा अभियान्ताहरु एवम् विद्यार्थीहरु रिदेन महर्जन, इन्द्रमान महर्जन, रितेश मल्ल, शिवराम मुनिकार, प्रशान्त डंगोल, महेश्वर श्रेष्ठ, सुरज तण्डुकार, राजेश श्रेष्ठ, कविन महर्जन, जेनिश मुनिकार मनिष कुमार श्रेष्ठ ९नेवाः०, स्वबियू अध्यक्ष तपेन्द्र शाही लगायत उपाध्यक्ष श्रीकृष्ण उप्रेतीलाई प्रशंसा पत्रका साथैं भगवान् बुद्धको मुर्ति समेत प्रदान गरिएको थियो ।
नेपाल भाषा शिक्षाक शिक्षक मदनसेन बज्र्राचार्यद्धारा प्रदान गरिएको उक्त पुरस्कार दुइ हजार नगद राशीका साथै प्रमुख अतिथि डा. महेशमान श्रेष्ठद्धारा सम्मान पत्रका पुरस्कार प्रदान गरिएको थियो । राष्ट्रभाषा नेपालभाषाको सम्बद्र्धन प्रवद्र्धन गर्नका लागि आगामी दिन पुरस्कारको राशी बढाउनुका साथै प्रथम, द्धितिय, तृतीय तथा चौथो वर्षमा सर्वोकृष्ट अंक ल्याउने पुरस्कार वितरण गर्ने जानकारी दिए ।
कार्यक्रममा विशेष अतिथिका रुपमा पाल्नु भएका क्याम्पस प्रमुख डा. निर्मला कुमारी सुवालले “क्याम्पसमा ह्यूम्यान रिर्सोसका अभाव भएकोले यस बर्ष मास्र्तसमा नेपाल भाषा विषय समावेश गर्न नसकिएको अवगत गराइन ।”उनले भनिन् “मास्र्तस तहमा नेपाल भाषा समोवशी गर्नमा क्याम्पस प्रशाषण सकात्मक रहेको जनाइन् ।
नेवाः राजनीतिक अभियानका संरक्षक डा. महेशमान श्रेष्ठले यस अभियानमा सकृय रहनु भएका विद्यार्थीहरू तथा शिक्षिकाहरुको प्रयासबाट पुर्नरुपमा स्थापना गर्न एक महत्वपूर्ण तथा एैतिहासिक काम गरेको प्रशंसा समेत गरे । उनले नेपाल भाषाको पञ्चायतकाल भन्दा पनि हाल समय नराम्रो काल जनाउदै । नेपालभाषाको लागि काल नै रहेको जनाउनु भयो । उनले थप्दै भने, वि.सं. २०४६ साल देखि २०७६ साल सम्म पनि शैक्षिक क्षेत्रमा खासै केहि परिवर्तन नआएको प्रस्त्याउनु भयो ।
स्वबियू सदस्य मदन भण्डारीले विद्यार्थीहरुका लागि सम्पूर्ण हिसाबले सहयोग गर्न नपाएको प्रती दुखः व्यक्त गर्नु भयो । आगामी दिनमा सहयोगका लागि निरन्तर प्रयासरत रहने धारणा राखे ।
यस क्याम्पसकै क्याम्पस सहायक प्रमुख गोबिन्द आचार्य, नेपाल भाषा शिक्षक डा. चन्द्र मान बज्राचार्य, शिक्षिकाहरु ले समेत श्रीमिला सुवालले अा-अाफ्ना धारणा राखेका थिए ।






















