काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद सुशीला सिर्पाली ठकुरीले काठमाडौंसहितका सहरमा दलितलाई कोठा पाउन अझै गाह्रो रहेको जनाएकी छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले भनिन्, ‘…थर र वतनकै कारणले काठमाडौंमा जस्तै अन्य सहहरूमा दलितलाई कोठा पाउन गाह्रो भएको छ ।’


















