विश्वकप छनोटमा जर्मनी र इङल्याण्डको जित, स्पेन बराबर खेल्याे

82

एजेन्सी । कतार विश्वकप २०२२ छनोटको युरोपेली संस्करणमा जर्मनी र इङ्ल्याण्डले आ-आफ्नो खेलमा सहज जित हात पारेका छन्। जर्मनीले आईसल्याण्डलाई ३-० गोलले पराजित गरेको हो भने इङल्याण्डले सान मारिनोलाई ५-० गोलले पराजित गरेको छ।

घरेलु मैदानमा जर्मनीको सहज जितमा लियोन गोरेट्जका, काई हाभर्टज र इल्केए गुन्डोगानले गोल गरे । त्यसैगरि इङल्याण्डको जितमा डोमिनिक काल्भर्ट लेविनले दुई तथा जेम्स वार्ड प्राउज, रहिम स्टर्लिङ र ओले वाट्किन्सले एक- एक गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा २ गोल भएको थियो ।
इटालीले पनि उत्तरी आयरल्यान्डलाई २–० ले पराजित गरेको छ । स्पेनले भने ग्रिससँग १-१ गोलको बराबरीमा चित्त बुझाएको छ।  अन्य खेलहरुमा स्विटजरल्यान्डले बुल्गेरियालाई ३–१, डेनमार्कले इजरायललाई २–० र स्विडेनले जर्जियालाई १–० ले हराए । त्यसैगरि अर्मेनियाले लिचेस्टाइनलाई १–० ले तथा रोमानियाले आयरल्यान्डलाई ३–२ ले हराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here