माके निर्वाचन आचारसंहिता विपरित प्रचारमा

112

काठमाडौं । निर्वाचन आचारसंहिता विपरित नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ माओवादी केन्द्रको प्रचारमा प्रयोग भएका छन्। उनलाई नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनको पोष्टरमा प्रयोग गरेको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अर्थमन्त्री जनार्दन शर्मासँगै घिसिङको तस्बिर सहितको पोष्टर सार्वजनिक भएको छ। ‘अँध्यारोबाट उज्यालोको यात्रा’ भन्दै घिसिङको तस्बिर राखिएको हो।

लोडसेडिङ अन्त्यका लागि भूमिका खेलेका घिसिङलाई आफ्नो प्रचारमा प्रयोग गरेर माओवादी जस लिन खोजेको पोष्टरमा देखिन्छ।

माओवादी केन्द्रको निर्वाचन चिह्नसहित ‘भोट फर सिपिएन माओइस्ट’ भनेर उल्लेख छ। निर्वाचन आचारसंहितामा सरकारी कर्मचारीले कुनैपनि राजनीतिक दलको पक्षमा प्रचारप्रसार गर्न नपाइने भनिएको छ।

No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here