काठमाडौं । नेपाल रअर्जेन्टिनाविच मैत्रीपूर्ण फुटबल खेलाउन नेपालका लागि अर्जेन्टिनाका राजदुत डा. ह्युगाे जाभियर गाेवी सहमत भएका छन ।
सिंहदरबार स्थिति युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)सँग भएकाे भेटवार्तामा मैत्रीपुर्ण फुटबल खेलाउन डा. ह्युगाे जाभियर गाेवी सहमत भएका हुन । भारत बसेर नेपाल समेत हेर्दै आएका राजदुत गाेवी राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र बुझाउन आएका थिए ।
मन्त्री अथकसँग भएको भेटवार्तामा उनले दुई देश बीच हुने मैत्रीपुर्ण खेलकुदबाट दुई देशको सम्बन्ध समेत बलियो हुने आशा व्यक्त गरे ।
मन्त्री अथकले राजदुत डा. गाेवीलाई मेस्सिलगाएतका बिश्व प्रसिद्ध खेलाडी भएको देश अर्जेन्टिनाले नेपालको फुटबललाई धेरै सहयोग गर्न सक्ने र मेस्सिलाई नेपाल भ्रमण गराउनको लागि पहल गरिदिन समेत आग्रह गरे ।


















